गृहपृष्ठ सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कसलाई कति सिट?
सत्ता गठबन्धनमा भागबन्डा टुंगियो, कसलाई कति सिट?
राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबन्डा टुंगिएको छ । कुल १९ सिटमध्ये कांग्रेसलाई १०, नेकपा (माओवादी केन्द्र)लाई ६, नेकपा (एकीकृत समाजवादी)लाई दुई र जनता समाजवादी पार्टी (जसपा)लाई एक सिट दिने सहमति भएको छ।
कांग्रेसले कोशी प्रदेशमा १, मधेसमा १, बागमतीमा २, गण्डकीमा २ र सुदूरपश्चिममा २ सिट पाउने भएको छ । यस्तै कर्णाली र लुम्बिनीमा कांग्रेसले थप १–१ सिट पाउने सहमति भएको छ ।
यस्तै माओवादी केन्द्रले कोशीमा १, बागमतीमा १, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा १ सिट पाउने सहमति भएको छ ।
यस्तै एकीकृत समाजवादी बागमती र कर्णालीमा १–१ सिट पाएको छ । यस्तै जसपाले एक सिटमा मधेसबाट उम्मेदवार खडा गर्नेछ ।
आउँदो माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदै छ। त्यसका लागि सोमबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।
प्रकाशित समय : ११:५८ बजे



















