गृहपृष्ठ विमानस्थलमा एक किलो सुन बरामद
विमानस्थलमा एक किलो सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका एक कर्मचारीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको हो ।
दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले सुन लुकाएर ल्याएको उनले बताए । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : ११:५३ बजे



















