गृहपृष्ठ संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार
संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार
भोजपुर ।पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै पिप्ले क्षेत्रमा देवाली थान निर्माण गरेको छ ।
परम्परागत रुपमा सञ्चालन हुँदै आएका सांस्कृतिक अभ्यासलाई जोगाउने उद्देश्यले गाउँपालिकाको पहलमा देवाली थान निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए ।
स्थानीयसँगको ५० प्रतिशत लागत साझेदारीमा देवाली थान निर्माण गरिएको जानकारी दिँदै उहाँले पालिकाका विभिन्न स्थानमा अवस्थित मठमन्दिर र किरातहरुका सांस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण गरिएको बताए ।
देवालीस्थल निर्माणबाट परम्परागत रुपमा विभिन्न समयमा मनाइने चाडपर्व, पूजाआजा, उभौलीउधौलीलगायत पर्व तथा अनुष्ठान सञ्चालनमा सहयोग पुगेको स्थानीय कृष्णकुमार पौडेलले बताए ।
धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने भएकाले देवालीस्थलजस्ता संरचना निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले बताइन ।
प्रकाशित समय : ०९:४९ बजे



















