गृहपृष्ठ भारतमा बिजुली पठाउन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाइने
भारतमा बिजुली पठाउन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाइने
अहिले सञ्चालनमा रहेको पहिलो अन्तर देशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न नेपाल र भारत सहमत भएका छन् । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति ९जेएससी०को ११ औं बैठकले क्षमता बढाउने निर्णय गरेको हो ।
२० पुसमा चितवनको मेघौलीमा बसेको बैठकले ढल्केवर सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढक्लेवर– मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यातको परिमाण ८ सय मेगावाट भन्दा बढी पुर्याउने सम्बन्धमा अध्ययन गराउने निर्णय गरेको हो ।
बैठकले अन्तर देशीय विद्युत प्रसारणलाइन मार्फत निर्यातका लागि १२० प्रतिशतसम्म क्षमता हुनेगरी जलविद्युत आयोजनालाई स्वीकृति दिने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव नवीन राज सिंहले जानकारी दिएका छन् । यस बैठकले नेपाल र भारतबीच विद्युत आयात–निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनको अध्ययन गर्न समेत प्राविधिक समितिलाई निर्देशन दिएको छ ।
प्रकाशित समय : १२:०६ बजे



















