काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

संघीय संसदको दुई समितिको बैठक बस्दैँ

1.44K
shares

काठमाडौं । संघीय संसद अन्तर्गतको दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल गरिनेछ । बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

साथै, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ः०० बजे देखी सुरू हुनेछ ।

समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ भने समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल गरिने भएको छ ।