global ime bank Long Banner Ad

गृहपृष्ठ क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडालाई ३–० ले सहज हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो। विश्वकपको जारी खेलमा क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली हो ।

मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भए पनि ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका हुन । उनै ओउनाहीले खेलको ८२औं मिनेटमा फेरी अर्को गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाउन सफल भए ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा रहिमीले गोल गर्दै मोरक्कोलाई ३–० को सहज जित दिलाएका हुन । क्यानडाले मोरक्कोभन्दा बढी सर्ट र कोनाको प्रहार पाउँदा पनि कुनै गोल गर्न सकेन ।

सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस्रोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो।

क्यानडा र मोरक्कोबीच हालसम्म कुल तीन खेल खेलिएका छन्, जसमा दुई खेलमा मोरक्कोले जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ । फिफा विश्वकपको इतिहासमा यो उनीहरूबीचको दोस्रो भेट भए पनि दुवैमा मोरोक्कोले बाजी मारेको छ । यसअघि सन् २०२२ को विश्वकपको समूह चरणमा मोरक्कोले क्यानडालाई २–१ ले पराजित गरेको थियो भने अहिले ३–० ले पराजित गरेको हो ।

प्रकाशित समय : ०६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु