गृहपृष्ठ भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा
भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा
भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन् । बिहीबार बिहान भारतीय वायु सेवाको विशेष विमानबाट विदेशमन्त्री जयशंकर काठमाडौँ आइपुगेका हुन् ।
जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।
प्रकाशित समय : १०:१३ बजे



















