काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बीवाइडीले एक बर्षमै बेच्यो ३० लाख गाडी, नेपालमा पनि बढ्दो माग

7.41K
shares

चिनियाँ विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीले एक बर्षमै ३० लाख भन्दा बढी गाडी बिक्री गरेको छ ।

कम्पनीले सन २०२३ मा ३० लाख २४ हजार ४१७ यूनिट गाडी बिक्री गरेको हो । बीवाइडीले सन् २०२२ मा १८ लाख ६३ हजार ४९४ यूनिट गाडी बिक्री थियो । कम्पनीले जारी गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा ६२.३ प्रतिशतले उत्पादन र बिक्री बढाउन सफल भएको जनाएको छ ।

सन् २०२३ मा २ लाख ४२ हजार ७६६ यूनिट कार निर्यात गरेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा निर्यात व्यापक बढाएपछि विश्व बजारमै बीवाइडीको उपस्थीति बाक्लो देखिएको छ ।

नेपालमा पनि पछिल्लो समय बिवाइडी गाडीको हिस्सा बढ्दै गएको छ । हाल नेपालमा इ सिक्सपछि एटो थ्रि, डल्फिन गाडी निकै रुचाइएको छ । हाल नेपालमा २०२३ मा दुई हजार भन्दा बढी बिवाइडीका गाडी भित्रिएका छन् ।