काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

5.61K
shares

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा स्थायी घर भइ हाल बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान बिनोद एडी रहेका छन् ।

आज विहानै ६:४० मा हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नम्बरको मोटरसाइकलले पि.टि. दौडिँदै गरेका एडीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएको थियो। उनको अस्पतालले विहान ७:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

उक्त घटना पश्चात् मोटरसाइकलसमेत अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक हेटौडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौर निवासी ४१ वर्षीय लक्ष्मण लामासमेत गम्भीर घाइते भएका र उनको उपचारको लागि मेडिकल कलेज चितवन लगिएको प्रहरीले जनाएको छ ।