काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको विषयमा धरानमा पाँच दल र हर्कबीच छलफल

5.78K
shares

धरान उपमहानगरपालिकाकामा नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर पुगेका छन् । त्यसपछि अहिले पाँच दल र हर्क साम्पाङबीच छलफल भइरहेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका थिए ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङले १२ गते संघीय सरकारले असहयोग गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका थिए

कुनै घटना हुन नदिन उपमहानगरको मूल गेटमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । साम्पाङको कार्यकक्षमा अहिले पाँच दल र साम्पाङ बसेर छलफल भइरहेको पुष्टि साम्पाङको सचिवालयका सदस्य सुदर्शन लिम्बुले बताएका छन् ।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको तस्बिर राखेका छन् ।

Tags: हर्क साम्पाङHeadline Nepal