काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

6.22K
shares

बर्दियाबाट वनभोजका लागि दाङ आएको यात्रुबाहक बस दुर्घटना हुँदा करिब २० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ।

भे १ ख २०४१ नम्बरको बस अमेलिया–तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीका अनुसार हालसम्म दुर्घटनाबारे विस्तृत विवरण आइसकेको छैन।

नागरिक न्यूजसँग कुराकानी गर्दै उनले भने, ‘बसमा करिब ३०/३५ जना यात्रु सवार थिए। जसमा १५/२० जना घाइते भएका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। तर, २ जना बलि बढी घाइते भएका छन्। थप विवरण आउन बाँकी छ।’

घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालयको चखौरामा वनभोजका लागि आएका थिए।