काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वडाध्यक्षलाई घरभित्र थुनेर बाहिरबाट आगजनी

5.17K
shares

धनकुटामा वडाध्यक्षलाई घरभित्र थुनेर घर बाहिरबाट अज्ञात समुहले आगजनी गरेका छन् । पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देबेन्द्र गुरागाईको घरमा शनिबार राति आगजनी गरिएको हो ।

अध्यक्ष गुरागाई राति सुत्न माथिल्लो तला गएपछि भुई तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर आगो लगाइदिएको बुझिएको छ ।

कपडा डढेको गन्ध आएपछि उठेर गुरागाईले हेर्दा बाहिरबाट चाबी लगाएको देखे र छिमेकीलाई बोलाएर खोल्न लगाए । लुगा एकै स्थानमा जम्मा पारेर आगो लगाइएको र नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनको भनाइ छ ।

गुरागाईको घरमा कसले आगो लगायो भन्ने कुराको पहिचान भने सकेको छैन् । आगलागीबाट कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।