काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमालेमा फर्किए नेकपा एस बैतडीका अध्यक्ष र इन्चार्ज

4.77K
shares

नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेकपा एमालेमा फर्किएका छन्। एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन् ।

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन्।

यसैगरी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षसमेत रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर उनीहरूलाइ पार्टीमा स्वागत गरेका छन्। जिल्ला इन्चार्ज, अध्यक्ष, जिल्लाका नेताहरू एमालेमा फर्किए पछि बैतडीमा नेकपा एस रित्तिएको एमालेले दावी गरेको छ।