काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैन : डेपुटी गभर्नर ढुंगाना

6.34K
shares

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन् । शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् ।

उनले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायहरुले समन्वयकारी भुमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन् । उनले राष्ट्र बैंकले वैदेशिक लगानीका झन्झटीला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिइन् ।

उनले विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेको बताइन् । उनले गत आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको उनको भनाइ छ ।