काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब बाहिरियो

5.84K
shares

नेपाल राष्ट्र बैंकले दशैंमा बैंकिङ प्रणालीबाट करिब ७६ अर्ब रुपैयाँ बाहिरिएको बताएको छ ।

राष्ट्र बैंकका अनुसार दशैं अगाडि १६ असोजमा करिब ६ खर्ब २० अर्ब रहेको नगद सर्कुलेसन दशैं सकिँदा ६ खर्ब ९६ अर्बसम्म पुगेको हो ।

साना र ठूला दरका नोट कति सटही भए भन्ने एकिन तथ्यांक नभएपनि दशैमा ७६ अर्ब रुपैयाँ नगद सर्कुलेसन बढेको राष्ट्र बैंकको भनाइ छ ।

यस वर्ष साना दरका ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट सटहीको व्यवस्था गरिएको थियो ।

दशैंमा दक्षिणा र चाडपर्वका लागि गाउँ जानेले ठूलो रकम लिएर जाने भएकोले हरेक वर्ष बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरिने गर्छ ।

मंसिरसम्म यो रकम बैंकिङ प्रणालीमा फर्किने अनुमान छ ।