सुनको मूल्य अहिलेसम्मकै उच्च
वि.सं.२०८० कात्तिक २ बिहीवार ११:०४
shares

सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । केही दिनदेखि लगातार बढेको सुनको मूल्यले आज भने नयाँ रेकर्ड बनाएको हो ।
गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो । साउनको ४ ते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भई नयाँ रकेर्ड कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको थियो ।

























