पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न माधव नेपालको चुनौती
वि.सं.२०८० कात्तिक १ बुधवार १२:२७
shares

पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन्।
भक्तपुरमा आज आयोजित दसैँ शुभकामना कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताएका हुन्।
आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्तिहो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्वराजालाई चुनौती दिए।
अध्यक्ष नेपालले भने,‘प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य हँदैन, नेपालमा अब कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य छैन। ’
अध्यक्ष नेपालले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए। गठबन्धन भत्काउने कोसिस कुनै पनि हालतमा सफल नहुने उनको दाबी छ।

























