गृहपृष्ठ को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ? नत्र मध्यावधि फिक्स

को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ? नत्र मध्यावधि फिक्स

को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ? नत्र मध्यावधि फिक्स

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले बहुमत सांसद ४७ जनाको हस्ताक्षर बुझाएका छन् । कोशी प्रदेश सभा ९३ सदस्यीय हो। सरकार बनाउन यहाँ ४७ जना भए बहुमत पुग्छ।

माओवादी संसदीय दल नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। उनले कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा संसदीय दल नेताको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका छन्। मुख्यमन्त्रीका लागि काँग्रेस नै विभाजित बनेको छ । यस्तो अवस्थामा को मुख्यमन्त्री बन्छ भन्ने विषय एकदम जटिल देखिन्छ । किनकि मुख्यमन्त्रीको दाबी गरेको केदार कार्कीकै समेत हस्ताक्षर बुझाएर आङ्बोले दाबी पेश गरेका छन् । तर कार्कीले एमालेको सिंगो ३९ सांसदले समर्थन दिएका छन् ।

कांग्रेसकै नेताहरुले भने यसलाई डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर पार्टी नेतृत्वविरुद्ध गरेको ‘विद्रोह’ भनेका छन् । यसले कांग्रेसको आन्तरिक जीवन संकटमा पारेको छ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतले संस्थागत रुपमै एमालेसहितको सरकार बनाउनुपर्ने मत राखे । सभापति देउवा त्यसमा तयार भएनन्, बरु राप्रपाको समर्थन जुटाएर गठबन्धनकै सरकार बनाउने नीति लिए ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु