काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अञ्जनको कीर्तिमानी गोलमा लाओससँग नेपालको बराबरी

6.05K
shares

राष्ट्रिय टिमका फरवार्ड अञ्जन विष्टले नेपालका लागि बिहीबार सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । उनले दशरथ रंगशालामा नेपालका लागि १३ औं व्यक्तिगत गोल पूरा गरे र विश्वकप छनोट प्रारम्भिक चरणको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेल्यो ।

अञ्जनले हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका हुन् । उनले ४८ औं मिनेटमा एरिक विष्टको कर्नरमा हेड गर्दै गोल गरेका हुन् । सन् २०१९ मा उनले चिनियाँ ताइपेयीविरुद्ध पहिलो गोल गरेका थिए । अब उनीसामु हरि र निराजनलाई उछिनेर नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर हुनेछ ।

लाओसले भने ३३ औं मिनेटमा कफ्तान बौनान बौनकोङको गोलले अग्रता लिएको थियो । पहिलो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन् र लाओसले त्यसको भरपुर फाइदा लिएको थियो । दोस्रो हाफमा भने नेफालले आक्रामक खेल खेलेको थियो र यसैत्रममा अञ्जनको गोल निस्केको थियो ।

बराबरीको नतिजा नेपालका लागि फाइदाजनक भने रहने छैन् र दबाबमा रहनेछ । नेपालले अब लाओसको भ्रमण गर्नेछ र मंगलबार दोस्रो लेगको खेल हुनेछ । दुई लेगको खेल समाप्ती समग्रमा अगाडि रहने टिमले छनोटको दोस्रो चरणको यात्रा तय गर्नेछ ।

नेपालले यसै वर्ष भएको थ्री नेसन्सकपमा लाओसलाई नै हराएर उपाधि जितेको थियो । नेपालले लिग चरणमा पनि लाओसलाई हराएको थियो । यसपल्ट लाओसले फेरिएको टिम उतारेको थियो र यसक्रममा उसले नेपालसामु बलियो चुनौती पेस गर्न सफल रह्यो ।