गृहपृष्ठ युद्धग्रस्त इजरायलबाट २५४ विद्यार्थीको उद्धार

युद्धग्रस्त इजरायलबाट २५४ विद्यार्थीको उद्धार

युद्धग्रस्त इजरायलबाट २५४ विद्यार्थीको उद्धार

इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् । सुदूरपश्चिमबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका छन् । विपिन जोशी अझै बेपत्ता छन् भने आक्रमणमा परी घाइते भएका प्रवीण डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको इजरायलमै उपचार भइरहेको छ ।

बर्दियाका लुइस रिजालले कठिन अवस्थामा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला र आत्मविश्वास प्रदान गर्ने इजरायलीवासी नेपाली, सरकार र दूतावासप्रति आभार व्यक्त गरे । ‘हामीलाई साथीहरूले आफ्नो जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो । इजरायलमा भएका घाइतेलाई साथ दिन र बेपत्ता साथीको खोजी गरिदिन आग्रह छ,’ उनले भने ।

प्रकाशित समय : ०७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु