काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लोकतान्त्रिक गणतन्त्रको औचित्य सिद्धान्तले मात्रै पुष्टि हुँदैनः प्रधानमन्त्री दाहाल

4.39K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्य सिद्धान्तले मात्रै पुष्टि नहुने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन आएको अनुभूत भएपछि संविधान र व्यवस्थाको औचित्य पुष्टि हुने बताएका हुन् ।

‘लोकतन्त्र आएपछि हामी अधिकार सम्पन्न पनि भयौं । हाम्रो अवस्था पनि फेरियो, दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत गर्ने तहसम्म नजाँदासम्म यसको औचित्य सिद्धान्तलेमात्रै पुष्टि गरेर यो पुष्टि हुँदैन । यस कारण स्थानीय तहमा आधारभूत रुपले राम्रो काम हुँदा नै संविधानको औचित्य पनि, संघीय लोकतान्त्रिक गणतान्त्रको औचित्य पनि पुष्टि हुने कुरा हो,’– उनले भने ।

अझै पनि कयौं ऐन, नियम र कार्यविधि बनाउन बाँकी रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले एकथरी मानिस केही गर्न नदिएर यो व्यवस्था गलत सावित गर्ने पक्षमा रहेको टिप्पणी गरे ।

‘एकथरी मानिसहरु ती ऐन बनाउने र यो परिवर्तनको परिणाम जनतालाई सकारात्मक ढंगले दिने भन्दा ऐन बन्न नदिने वा त्यसलाई कुनै तरिकाले रोक्ने र यो गणतन्त्रले जनतालाई राम्रो गरेको छैन बनाउन चाहने प्रवृत्ति हामी कहाँ छ,’– उनले भने ।