गृहपृष्ठ भूकम्प पीडितलाई प्रधानमन्त्रीको उधारो आश्वासन
भूकम्प पीडितलाई प्रधानमन्त्रीको उधारो आश्वासन
हेलिकप्टरको झ्यालबाट भूकम्प पीडितको विजोग हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बल्ल–बल्ल शुक्रबार साइत जुरेछ । बझाङ केन्द्रविन्दु भएर मंगलबार गएको भूकम्पमा सयौं घरबारविहिन भए । जनधनको क्षति भएको घट्नाका विषयमा माथिबाट घटटट पार्दै हेलिकप्टरमा सयर हुँदै प्रचण्ड बझाङ पुगे । तर पीडितलाई भेटेनन् । सदरमुकामस्थित जिल्ला प्रशासनको कोठे बैठक बसेर फर्किएको भन्दै आक्रोशित युवाहरुले प्रचण्डकै अघि ‘मलाई गोली हान’ भन्दै छात्ति थापिदिए ।
प्रधानमन्त्रीको कुरा सुन्न आतुर युवालाई प्रशासनले भेट्न दिएन । केही समय अशान्त वातावरण बन्यो । मुडभेडको अवस्था सिर्जना भयो । प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्रीले भूकम्प पीडित युवाहरुको कुरा सुन्नु पथ्र्याे । तर सुरक्षा घेराभित्र घेरिएर पुगेका उनले युवाको आवाजलाई वेवास्ता गर्दा पीडितहरु सरकारसँग झन रुष्ट बनेका छन । यता प्रचण्ड रातमा मस्त निदाएकै बखत भुकम्प पीडितको घाउँमा मलम लगाउन रास्वपा सभापति रवि लामिछानेसहितको एउटाटोलीबुधबार नैबझाङ पुग्यो । राज्यको उपस्थिती हुनु पर्ने ठाउँमा एउटा सांसद रविले जे गरे त्यसको लागि सादुवाद । रविका आलोचना गर्नु पर्ने विषय धेरै होलान् । यद्यपीनिकम्मा राज्य चिर निन्द्रामा भएका बेला पीडितको घाउँमा मलम लगाउन पुगेका रविलाई कतिले स्टन्ट गरेको भन्लान् । तर स्टन्टनै सहि यस्ता कुरामा अन्य दलले पनि प्रतिस्पर्धा गर्नुपथ्र्याे । प्रचण्डले सिंहदरबारको मुकाममा बसेर हेलिकप्टरको चाजो पाजो मिलाउँदा रवि रातारात बझाङ पुगेर भुकम्पको त्रासमा त्राहीमाम भएका जनतालाई ‘हामी तपाईहरुको साथमा छौ’भन्दै महलम लगाइरहेका थिए । यही हो परेको बेला नेता र लिडरले गर्नु पर्ने काम ।
नागरिकसँग सँगै रहेका रविले भुकम्प पीडितलाई दिएको ढाडस र सदा सयताले यहाँ कुनै अमखु पार्टीको नेता नभएर एउटा नेपालीले अर्का नेपालीलाई आपत पर्दा मानवीय रुपमा दर्शाएको सदभाव देखिन्थो । चितवनका जनताको जनमतले चुनाव जितेका रविले फेरि एक पटक बझाङगेली जनताको मन जितेकाछन् । स्थानीयहरु अहिले राज्यको उपस्थिति खोजिरहेका छन् । घरबारविहिन हुँदा पालमुनि बस्नुको पीडा सुनाइरहेका छन् ।
भुकम्पले घर भत्किएर चौरमा पाल टागेर बसेका जनताको सातो फर्किएको छैन । अहिले यही त्रासका बीच तीनदिनपछि हेलिकप्टर लिएर प्रधानमन्त्री बझाङ पुगे । कतै प्रधानमन्त्री सवार हेलिकप्टरको आवाजले भुकम्पले चर्किएका घरहरु नभत्किउन् । धाजा फाटेर चिराचिरा भएका जमिन हेलिकप्टरको वजनले थप चिरा नपरोस् । अरुबेला हेलिकप्टर हेर्न भेला हुने नागरिकलाई यतिबेला प्रधानमन्त्रीले राहतका लागि के कोशेली लिएर जानुभयो भन्ने कुरो महत्वपूर्ण छ ।
अहिले प्रधानमन्त्रीले अस्थायी घर बनाउन ५० हजार दिने बताएका छन् । भूकम्पले च्यापिएर ज्यान गुमाएका परिवारलाई २ लाख दिने घोषणा गरेका छन् । भूकम्पमा परि हालसम्म एकजनाको मृत्यु भएको छ । प्रभावित परिवारलाई १५ देखि २० हजार दिने बताएका छन् ।प्रधानमन्त्रीको हेलिकप्टर यात्रा भुकम्प पीडितका लागि हाति आयो हाति आयो फुस्सा जस्तो सरकार आयो गयो भन्ने नहोस । यतिका दिनमा बल्लबल्ल साईत जुराएर पुगेका प्रधानमन्त्रीले पीडितको आहातमा राहत महसुस गराउन् ।
हुनत यो समयमा राज्यको पुरै संयन्त्र बझाङ केन्द्रित हुनु पर्ने हो । प्रहरी प्रशासन सेना, राहत र उद्धारमा खटिनु पर्ने हो । प्रहरी सेना खटन पटन गर्ने काम उनै प्रचण्ड र नारायणकाजीको हो । प्रचण्डले बल्ला त थाहा पाउँदै छन् । आशा गरौं ढिलै भएपनि राज्यले भुकम्प पीडितको बसोबास र राहतको लागि उचित व्यवस्थापन गर्नेछ ।
प्रकाशित समय : १४:०० बजे



















