काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘रियलमीसँग टिकटक च्यालेन्ज’ सार्वजनिक

6.47K
shares

टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर ‘मनाउँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागि हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त भिडियोमा #ManauTeejrealmeSanga / #DareToLeap प्रयोग @realmenepal ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागि हुन सकिने जनाइएको छ ।
भाद्र २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राति अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै

आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिने जनाइएको छ । रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।