गृहपृष्ठ नेसनल हाइड्रोपावरको सेयर लिलामी भर्ने आज अन्तिम मौका
नेसनल हाइड्रोपावरको सेयर लिलामी भर्ने आज अन्तिम मौका

नेसनल हाइड्रोपावर कम्पनीको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी भर्ने आज (भदौ २४ गते) अन्तिम दिन हो । आइतबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ १३ गतेदेखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।
यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेसनल हाइड्रोपावरले यसअघि असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।
प्रकाशित समय : १२:५७ बजे