ललिता निवास प्रकरणको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने
वि.सं.२०८० भदौ २४ आइतवार १४:१७
shares

काठमाडौँ जिल्ला अदालतमा ललिता निवास प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ ।
न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सकिएको हो । पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट कानून व्यवसायीले बहस गरेका हुन् ।
बहस सकिएसँगै आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश आउने अपेक्षा गरिएको छ ।

























