काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एशिया कपको सुपर फोरमा बंगलादेशको लगातार दोस्रो हार

5.69K
shares

एशिया कपको सुपर चार अन्तर्गत श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको २५८ रनको लक्ष्य पछाएको बंगलादेशले ४८.१ ओभरमा २३६ रन बनाउदै अल आउट भएपछि खेल २१ रनले हारेको हो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

जारी एशिया कपको सुपर फोरमा बंगलादेशको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

अब बंगलादेशले भारतसँग सुपर फोरको अन्तिम खेल सेप्टेम्बर १५ मा खेल्ने छ । त्यस्तै श्रीलंकाले भने आफ्नो सुपर फोरको दोस्रो खेल पाकिस्तानविरुद्ध सेप्टेम्बर १४ मा खेल्ने छ ।

एशिया कपको सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदै छ ।