काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

6.89K
shares

कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनेको छ । ५ सदस्यीय मन्त्रिपरिषद्‌मा नियुक्त सबै मन्त्री एमालेबाटै छन् ।

मन्त्री नियुक्त हुनेमा तीलकुमार मेन्याङ्बो, पाँचकर्ण राई, एकराज कार्की र सिर्जना राई छन् । तीलकुमारले सिँचाइ, ऊर्जा र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पाँचकर्णले वन तथा पर्यटन मन्त्रालयको जिम्मा पाएका छन् । यसैगरी एकराजलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिइएको छ भने सिर्जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन् ।

बुधबार मात्रै सर्वोच्च अदालतले नेपालकी कांग्रेसबाट कोशीको मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको ठहर गर्दै पदमुक्त गरेको थियो । सर्वोच्चको आदेशबमोजिम एमालेका कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

९३ सदस्यीय कोशी प्रदेशमा ठूलो दल एमालेका ४० सांसद् छन् । त्यस्तै नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपका ६, नेकपा एकीकृतमा समाजवादीका ४ र जसपाका १ सांसद छन् ।