काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : आज नेपाल र म्यानमार खेल्ने

6.15K
shares

नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

नेपाली टोलीले विश्वकप छनोटको प्रारम्भिक चरणको तयारीमा रहेका बेला म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

नेपालले अहिलेसम्म म्यानमारसँग दुई खेल खेलेकोमा दुवैमा हार व्यहोरेको छ । म्यानमार फिफा वरीयतामा १६०औँ स्थानमा रहँदा नेपाल १७५औँ स्थानमा छ ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।