काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

६० किलो सुन प्रकरण : थप एक जना पक्राउ

5.99K
shares

६० किलो सुन प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाका गणेश पौडेल छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । पौडेल पक्राउ परेसँगै ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

सुन तस्करी प्रकरणमा ६ चिनियाँ, एक भारतीय नागरिकसहित २४ जना पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो ।