काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

किसानले ‘अण्डा’ को लागत मूल्य पाउँदै

5.42K
shares

लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो ।

दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स कुखुरा पालक सङ्घले आजबाट लागू हुने गरी ठूलो अण्डाको बिक्री मूल्य प्रतिक्रेट (३) वटा चार सय ५५ र मिडियम चार सय २५ तोकेको छ ।

यस अघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय ५० तोकिएको भए पनि कार्यान्वयनमा आउन कठिन भएको थियो । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ हुन आउँछ ।

किसानले हाल रु १५ पाएका छन् । उनको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० पर्दछ ।

कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ सम्म पर्ने बताए । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा एक सय ६५ खर्च हुने उनको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत रु १४ पैसा ८० पर्ने ढकालको दाबी छ । उनले भने “बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य १७ पर्न आउँछ ।” पछिल्लो समय बढेको मूल्यमा किसानले बैंक ब्याज र किस्ता छाडेर लागत मूल्य पाउने उनको भनाइ छ ।

सङ्घका अध्यक्ष विनोद पोखरेल लागतभन्दा कममा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको बताछन् । उनले भने “लागत मूल्य पाउन नसकेपछि ३० प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन् ।” झण्डै एकवर्ष यता स्वयं व्यवसायीको अग्रसरतामा गरिएको बजारीकरणपछि अण्डाले मूल्य पाएको भन्दै उहाँले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए । उनले भने “हामी देशैभर दौडाहा अभियानमा लागेर बजारीकरण गरेकै कारण लागत मूल्य नजिक पुगेका छौ ।”

धेरै किसान ऋण तिर्न सक्ने नरहेको जनाउँदै उनले केही ऋण थपेर उनीहरुलाई पुनः पेसामा फर्किन वातावरण तयार पार्नुपर्ने उनले बताए । नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले अबका दिनमा लागत मूल्य पाउन नसके सबै किसान विस्थापित हुने बताए। उनले भने “दाना र औषधिको मूल्य दोब्बरभन्दा बढी हुँदा अण्डाको उस्तै छ ।” दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकीन तथ्याङ्क नभए पनि ३५ लाखको हाराहारी मात्रै उत्पादन हुने गरेको छ ।

दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्यधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुँदै गएका हुन् । यसैबीच नेपाल लेयर्स कुखुरा पालक सङ्घको पोखरामा मङ्गलबार सम्पन्न बैठकले आगामी असोज २६ गते विश्व अण्डा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय गरेको छ । असोज २० गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर सुरु गरिने सप्ताहव्यापी कार्यक्रको समापन पोखरामा गरिँदै छ ।