गृहपृष्ठ कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

कञ्चनपुरमा डेंगी संक्रमणबाट युवकको मृत्यु

डेंगी रोगको संक्रमणबाट कञ्चनपुरको बेलौरी नगरपालिका–८, पचुँइका २८ वर्षीय हिक्मत खत्रीको गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार खत्रीको उपचारका क्रममा कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।

एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतमा डेंगीको संक्रमण भएको वा यहाँ फर्किएपछि भएको बारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

डेंगी सार्ने लामखुट्टेका लार्भा र फुल नष्ट गर्न वडामा विशेष अभियान सञ्चालनका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु