काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्ताे छ आज फलफूल तथा तरकारीको मूल्य

8.09K
shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको बजार मूल्य अनुसार हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ।

तर, अघिल्लो दिनको तुलनामा तनेबोडी, तितोकरेला,कन्ने च्याउमा प्रतिकेजी १० रुपैयाँले बढेको छ। डल्ले च्याउको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढ्दा भटमास कोशा,घिरौंला,गोलभेँडा,लोकलपरवलको मूल्यमा प्रतिकेजी ५ देखि १० रुपैयाँ घटेको हो।

समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । शनिबार प्रतिकेजी ८० रुपैयाँ तोकिएको गोलभेँडाको बजार मूल्य ७० रुपैयाँ तोकिएको छ। आज नेपाली सानो गोलभेँडाको मूल्यप्रतिकेजी १८ रुपैयाँले घटेको छ । हिजो नेपाली सानो गोडभेँडाको न्यूनतम बजार मूल्य ५८ रुपैयाँ थियो।

यस्तै, रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ। घिउसिमी लोकल ८०, भन्टा लाम्चो ६०,तने बोडि ८०,मकै बोडि ७०, भटमास कोशा ११०, तितो करेला ७०, लौका ६०,लोकल परवल ५०,घिराैंला ५०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०,कन्य च्याउ १६०,डल्ले च्याउ ३८०,कुरीलो ४५०,ब्रोकाउली १५०,काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ।

शनिबारको तुलनामा फलफूलको मूल्य भने स्थिर छ। बजारमा केरा दर्जनको १४० रुपैयाँ छ। स्याउ फूजी ३५०, अनार ३००,आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०,नासपाती लोकल ७०,किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ।