गृहपृष्ठ टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा
टी–ट्वान्टी श्रृंखलामा मलेसियाविरुद्ध नेपाल ब्याटिङमा
नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।
बायोमास ओभलमा जारी खेलमा टस जितेर मलेसियाले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपाल अपराजित रहँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाइृ ३४ रनले पराजित गरेको थियो ।
प्रकाशित समय : १२:४५ बजे



















