global ime bank Long Banner Ad

गृहपृष्ठ खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले गिरावट

खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले गिरावट

खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले गिरावट

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आवागमन ८२ प्रतिशतले घटेको देखिएको छ ।

गत असारको तुलनामा साउन महिनामा ८२.६५ प्रतिशतले पर्यटक आवागमन घटेको सगरमाथा राष्ट्रिय निुकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । निकुञ्जको तथ्यांक अनुसार गत असारमा १ हजार १ सय ९९ जनाले सगरमाथा क्षेत्र भ्रमण गरेकोमा साउनमा घटेर २ सय ८ जनामा सिमित बनेको छ । जुन प्रतिशतको हिसाबले ८२.६५ र संख्यात्मक हिसाबले ९९१ जनाले कमी हो ।

पर्यटकमध्ये अधिकांश विदेशी छन् भने केही संख्यामा आन्तरिक पर्यटक पनि रहेको निकुञ्जका सूचना अधिकारी मनोज कुमार मण्डलले जानकारी दिए । असार,साउनलाई खुम्बुमा अफसिजन नै मानिन्छ। तर, अफसिजन मानिए पनि असारमा पर्यटकको आवागमन उत्साहजनक थियो ।

तर, साउनमा भने यो संख्यामा भारी गिरावट आएको छ । साउनमा निरन्तर मौसम प्रतिकूलताका कारण हवाई उडान हुन नसक्दा पर्यटक आवागमन प्रभावित बनेको निकुञ्जले जनाएको छ । मौसम खुलेको समयमा भने तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा उडान तथा अवतरण बाक्लिने गरेको छ । जसका कारण निकुञ्ज क्षेत्र प्रवेश गर्ने पर्यटकको संख्या उत्साहजनक हुने गर्दछ ।

तर, मौसममा खराबी आउने वित्तिकै पर्यटकको संख्या घट्ने गरेको सूचना अधिकारी मण्डलले बताए । साथै नेपाल नागरिक उड्ययन प्राधिकरणले मनलाग्दी नियम लादेपछि पर्यटन क्षेत्र नै जोखिममा परेको छ। लुक्लाको उडानमा समेत ह्रास आएको विमानस्थल स्रोतले जनाएको छ ।

वर्षातको समयमा हेलिकोप्टर उडानमा समेत प्रधिकरणले कडाइ गरेको छ भने जसका कारण खुम्बुको पर्यटक आवागमनमा ह्रास आएको जानकार बताउँछन् । खुम्बु भ्रमणका लागि आउने पर्यटकले हवाई मार्ग नै प्रयोग गर्ने गर्छन ।

लुक्लासम्म सडक नपुगेका कारण केही पर्यटकले मात्रै स्थल मार्गको प्रयोग गर्ने गरेका छन् । सल्लेरीबाट काँडेथामडाँडासम्म कच्ची सडक पुगेको भएपनि वर्षातले सडक जिर्ण हुँदा सल्लेरी–थामडाँडाको यात्रा कष्टकर रहेको यात्रुहरु बताउँछन् ।

प्रकाशित समय : १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु