शेयरमा भएको लगानी सुरक्षित गर्न माग गर्दै सेबोनमा प्रदर्शन
वि.सं.२०८० साउन ३२ बिहीवार १३:३४
shares

पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन् ।
सेयर बजारमा आपूर्तिको मात्र ओइरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताए ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा तत्काल हटाउन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

























