काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

5.86K
shares

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी सरुवा गरेको छ ।

यस्तै धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रजिअ बनाइएको मन्त्रालयले जनाएको छ ।