काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सय केजी सुन प्रकरण : आजै गालिन सक्छ सुन

6.24K
shares

राजस्व अनुसन्धान विभागले पक्राउ गरेको सय केजी सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागले आज सम्भवत गाल्ने भएको छ । टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार आज ११ः३० बाट सुनलाई छुट्याउने तयारी रहेको छ ।

‘आज हामी पहेँलो धातुलाई छुट्याउछौँ,’ आचार्यले न्युज कारोबारसँग भने, ‘फास्टट्रयाकमा काम भयो भने सभ्ववत आजै सुन गाल्ने प्रक्रिया अगाडि बढाउछौँ, नभए भोलीबाट गाल्ने पक्रिया सुरु हुन्छ ।’

आज टक्सार विभाग, मुद्रा व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण विभागका प्रतिनिधि तथा राजस्व अनुसन्धान विभागको समेत प्रतिनिधिको रोहबरमा सो सुन भनिएको वस्तु खोल्ने र गाल्ने प्रक्रिया अघि बढ्ने आचार्य बताउछन् । टक्सार विभागको एक चोटिमा १० केजी गाल्न सक्ने क्षमता रहेको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भइसकेको १६० वटा ‘ब्रेक शु’ साउन ३ गते राजश्व अनुसन्धान विभागल सुन पक्राउ गरेको थियो । सुनसहित ४ जनालाई पक्राउ गरिएको थियो । साउन ४ गते नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर सुन राखिएको थियो ।

हङकङबाट ल्याएको सुनसहितको ब्रेक प्याडको तौल भने १५४ किलोग्राम छ । तर त्यसमा सुनको मात्र कति छ भने अहिले सम्म एकिन भएको छैन । ९९.९९ प्रतिश सुनको मात्र भए त्यसलाई पूर्ण रुपमा सुन मनिन्छ ।