शेयर बजारमा भारी गिरावट, १९८ कम्पनीको शेयर मूल्य घट्यो
वि.सं.२०८० साउन २३ मंगलवार १५:१९
shares

शेयर बजारमा भारी गिरावट आएको छ । साताको तेस्रो कारोबराको दिन शेयर बजारमा २८ दशमलव ४० अंकको गिरावट आएको हो । पहिलो कारोबारको दिन नै ओरालो लागेको शेयर बजारले गति लिन सकेको छैन ।
मंगलबार नेप्से परिसुचक १ दशमलव ३८ प्रतिशतले घटेर २०१९ को विन्दुमा रोकिएको हो । आज दिनभरमा भएका ७४ हजार २ सय ५७ कारोबारबाट २६५ कम्पनीका ४ लाख ८६ हजार ७ सय ४१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज पनि आईएमई लाइफको नै सर्वाधिक कारोबार भएको छ । हिजो पनि कम्पनीको सर्वाधिक कारोबार भएको थियो । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ३ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै ग्लोल आइएमई बैंकका डिबेञ्चर इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ प्रतिशतका दरले गुमाएका हुन् ।
आज १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार हुँदा आईएमई लाइफकोे सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको ४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

























