काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन बैंकमा कुरा नमिलेपछि बाहिरिए रायमाझी

5.54K
shares

हिमालयन बैंकबाट सचिनजङ्ग रायमाझी बाहिरिएका छन् ।असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर रायमाझी हिमालयन बैंकमा कुरा नमिलेपछि बैंक छोड्न बाध्य भएका हुन् ।

तत्कालीन सिभिल बैंकबाट सीईओ सुनिल पोखरेल बाहिरिएपछि सो बैंकको कर्मचारीको तर्फबाट रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा गाभिएको थियो । उनी हिमालयन बैंकमा चौथो वरियतामा रहने बताइएको थियो । तर, अहिले उनलाई नवौं तहमा झारेपछि उनी असन्तुष्ट बन्दै बैंक छाड्न बाध्य भएका हुन् ।

रायमाझीले हिमालयन बैंकमा आफुले काम गर्ने सहज वातावरण नपाएपछि बैंक छोड्न बाध्य भएको बताएका छन् । उनले मर्जर तथा एक्विजिशनमा गएका सबै बैंकका कर्मचारीहरु अहिले समस्यामा रहेको सुनाए ।

अब उनले विदेशी बैंकमा काम गर्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जाने भएका हुन् ।

रायमाझी हिमालयन बैंकबाट बाहिरिएसँगै विदेशी बैंक टिसाको चिफ रिस्क अफिसर पदमा नियुक्त भएर जान लागेको जानकारी दिए ।