कोशीमा मन्त्री, सांसद–कर्मचारीलाई इन्डक्सन चुलो
वि.सं.२०८० साउन २२ सोमवार १०:२८
shares

कोशी सरकारले मन्त्री, सांसद र कर्मचारीलाई इन्डक्सन चुलो दिन थालेको छ । कोशी सरकारले एक करोड रुपैयाँ खर्चिएर किनेको विद्युतीय (इन्डक्सन) चुलो उनीहरुलाई वितरण गर्न थालेको हो ।
प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत् खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँमा ६१३ थान इन्डक्सन चुलो किनेको थियो ।
सरकारले प्रदेशसभामार्फत वितरण गरिरहेको चुलो आफूले नलिने र खरिद र वितरणमा संलग्नलाई छानबिन गरेर कारबाही हुनुपर्ने प्रदेश सांसद केदार कार्कीले माग गरे । कमिसनको सेटिङ मिलाएर चुलो खरिद गरिएको भन्दै सांसदलाई दिएर पापको भागीदार बनाउन खोजेको उनको आरोप छ ।
प्रदेश सांसदका लागि ८८ र कर्मचारीका लागि ३१ गरी प्राप्त ११९ थान चुलोमध्ये १८/२० जना सांसदले मात्रै लगेको प्रदेशसभाका स्टोरकिपरले जनाएका छन् ।

























