संसदको गतिरोध अन्त्य गर्न सभामुखले शीर्ष नेतासँग छलफल गर्दै
वि.सं.२०८० साउन २२ सोमवार १०:१४
shares

सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।
सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ ।
संसदको अवरोध खुलाउन पहल स्वरुप सभामुख घिमिरेले आइतबार पनि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

























