काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुर सिमेन्ट उद्योग सुधार गर्न सांसद रायमाझि सहितको डेलिगेसन

12.2K
shares

उदयपुर जिल्लाको त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग सुधार गर्ने उद्योग वाणिज्य वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गरिएको छ । उदयपुर–२ का संघीय संसद अम्बर बहादुर रायमाझी सहितको टोलीले आज आइतबार मन्त्री रिजाललाई ध्यानाकर्षण गरेका हुन् ।

कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण पटक पटक बन्द हुने गरेको भन्दै त्यसलाई तत्काल समाधान गर्ने मन्त्री रिजाललाई ध्यानाकर्षण गराएका हुन् । मन्त्री रिजालले आफ्नो पालामा उक्त उद्योगलाई राम्रोसँग चलाउन पहल गर्ने सांसद सहितको टोलीलाई आश्वासन दिएका छन् ।

सांसद रायमाझी सहितको टोलीले सिमेन्ट उद्योगमा विजनेसको हिसावले काम नभएको गुनासो गरेका थिए । उद्योगमा आवश्यक भन्दा बढी कर्माचारी भएको र त्यसलाई समायोजन गर्नुपर्ने समेत माग राखेका थिए ।

‘सिमेट उद्योगमा प्राय सवै कर्मचारीले शनिबार पनि काम गर्नु पर्छ । हाम्रो नियमले नै शनिबार काम गरेको भक्ता, अतिरिक्त पैसा कर्मचारीलाई दिनु पर्छ’, छलफलमा बसेका सहभागिले भने, ‘त्यसै त घाटामा गएको उद्योगमा त्यसले गर्दा पनि अझ घाटा भएको छ ।’

मन्त्री रिजाले आफुले उदयपुर सिमेन्ट उद्योगलाई सहयोग गर्ने अर्थ मन्त्रालयलाई १५ करोड जनि माग गरेको डेलिगेसनमा आएको टोलीलाई जानकारी दिएका छन् । सरकारी स्वामित्वको उद्योग भएपनि त्यसमा सरकारले भन्दा बढी त्यहाँको सञ्चालक समितिले नै काम गर्ने भएकाले धेरै जिम्मेवार सञ्चालक समितिलाई नै बनाउनु पर्ने बताएका छन् । ‘हामी निर्मम हुँनै पर्छ हामी निर्मम नहुनजेल चल्दैन’, मन्त्री रिजालले भने, ‘मेरो पालामा यो उद्योगलाई दगुर्ने बनाएर छाेड्छु ।’मन्त्री रिजाले उदयपुर सिमेन्ट उद्योगलाई धरासाहि बनाउने सरकारको उद्देश्य नरहेको भन्दै त्याहाँ हुने अनियमिता रोक्ने आश्वासन दिएका छन् ।

अहिलेको नीति ठिक भएको तर त्यहाँ जाने कतिपयले फटाई गरेको कारणले गर्दा यस्तो परिस्तिति आएको मन्त्रीको भनाई छ । आफ्नो पालामा त्यो परिस्तितिलाई समाधान गर्ने समेत मन्त्रीले आश्वासन दिएका छन् । डेलिकेसनमा एमालेकी नेतृ तथा संविधान सभा सदस्य मन्जु चौधरीसहित पूर्वसांसदहरु, नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

उद्योग सिमेन्ट उद्योग आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । त्यस्तै आव २०७७/७८ मा ३० करोड ६० लाख रूपैयाँ घाटा, २०७६/७७ मा ३३ करोड ३६ लाख रूपैयाँ घाटा थियो । तर, आव २०७४/७५ मा तत्कालीन समयमा महाप्रबन्धक सुरेन्द्र पौडेल आएपछि उद्योगले १० करोड नाफा कमाएको थियो ।

अर्थ मन्त्रालयको अनुसार उदयपुर सिमेन्टमा ५ अर्ब ३७ करोड रूपैयाँ लगानी हो । नेपालमा वर्षमा १ करोड टनभन्दा बढी सिमेन्ट खपत हने गरेको नेपाल सिमेन्ट उद्योग संघले जनकारी दिएको छ । सिजनमा ७० लाख र अफ सिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने संघको भनाई छ ।

उदयपुर सिमेन्ट सरकारी उद्योग भएकाले पनि यसको माग अत्याधिक रहेको छ । तर उद्योग अधिकांस समय बन्द हुँदा माग अनुसारको आपूर्ती गर्ने सकिरहेको छैन । उदयपुर सिमेन्टको मासिक उत्पादन क्षमता २४ हजार टन हो । यसअनुसार दैनिक हिसाबमा उत्पादन क्षमता ८ सय टन हुनु पर्ने हो । तर त्यो भएको भने छैन ।