काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अप्पर लोहोरे खोलाको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन

5.52K
shares

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझसम्ममा १० लाख ५० हजार १९६ आवेदकबाट १ अर्ब १९ करोड ६५ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ६५ हजार १२० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि निष्काशन गरेको १९ लाख ५३ हजार २७९ कित्ताको ६।१२ गुणा बढी हुन आउँछ । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको शेयर सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका देखि २५ हजार कित्तासम्मको आवेदन दिन सकिनेछ । कम्प्नीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले साउन २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।