काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ब्राजिलको राजधानीमा अपराधिक समूहलक्षित कारबाहीमा ९ को मृत्यु

4.26K
shares

ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्र पारेको छ । रियो दि जेनेरियो सहर आसपासमा प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ जना व्यक्तिको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।

ब्राजिलमा पछिल्ला दिनमा भइरहेका प्रहरी कारबाहीलाई राजनीतिक समर्थन छ । हिंसात्मक घटनाका कारण कम्प्लेक्स दा पेन्हामा आपराधिक समूहलाई लक्षित गरी प्रहरीले कारबाही तीव्र पारेको छ ।

ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरीबाट भइरहेको कामको समर्थन गर्नुभएको छ । तर यस्तो आक्रमणमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ।