केन्द्रीय कमिटी अझै बढाउने माओवादी केन्द्रको निर्णय
वि.सं.२०८० साउन १७ बुधवार १०:४६
shares

नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी माओवादी केन्द्रको छ।
आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समितिलाई अझै बढाउने निर्णय गरेको हो । त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदैछ ।
केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदैछ ।
























