काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

युद्धग्रस्त युक्रेनको रोजगारीमा नजान परराष्ट्र मन्त्रालयको आग्रह

4.62K
shares

परराष्ट्र मन्त्रालयले युद्धग्रस्त मुलुकमा वैदेशिक रोजगारीमा नजान आग्रह गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्धग्रस्त क्षेत्रमा सुरक्षासम्बन्धी काममा जाँदा जोखिम आइपर्दा तत्कालै गर्नुपर्ने आपत्कालीन उद्धारको कार्य कठिन हुने भन्दै उक्त आग्रह गरेको हो ।

नेपाली नागरिकहरू सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा भर्ना हुन नपाउने पनि मन्त्रालयले स्पष्ट पारेको छ । युक्रेनसँगको युद्धमा नेपाली युवा रसियाली सेनामा भर्ना भएको अपुष्ट खबर आइरहेको बेला परराष्ट्र मन्त्रालयले उक्त आग्रह गरेको हो ।