काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कोशीमा सरकार बनाउन दिएको समय आज सकिँदै, कसको बन्ला सरकार ?

7.41K
shares

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय आज सकिँदै छ । सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली काँग्रेसको सरकारलाई अवैधानिक करार गरि दिएपछि पुनः सरकार गठनको आह्वान गरिएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो । यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली काँग्रेसका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेश गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इतर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भएपछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।

अहिलेसम्म सरकार बनाउन एक सांसदको मत पुगेको छैन । सत्ता गठनबन्धनले राप्रपालाई फकाउन असफल भएपछि सभामुखको राजीनामा गराएर सरकार बनाउने तयारी गरेको छ । यता एमाले एकमत नपुगेपछि अहिलेसम्म अन्योलमा छ ।