काठमाडौंको महांकालमा ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते
वि.सं.२०८० साउन १५ सोमवार ०९:५१
shares

त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको पानी ट्यांक्टर काठमाडौंको महांकाल मन्दिरमा ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब सवा दुई बजेतिर ना २ क ४० नम्बरको ट्यांकरका चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् ।
उपचार जारी रहेका चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

























