काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज खीर खाने दिन, यसरी बनाउनुहोस् खीर

17.68K
shares

आज साउन १५ अर्थात खीर खाने दिन । हाम्रो पूर्वीय दर्शन अनुसार विभिन्न पर्वहरु पर्छन् । त्यो पर्वहरुमा विभिन्न परिकारहरु पनि खाने चलन रहेको छ । असारको १५ मा दहि चिउरा, साउन १५ मा खिर, माघे संग्रान्तिमा तरुल, तिलको लड्डु, दशैमा मासु, तिहारमा सेलरोटी खाने चलन छ ।

हाम्रा पर्वहरुले हामीलाई नयाँ नयाँ परिकार खान सिकाएको छ । आज खीर खाने दिन भएकाले आजको दिन खीरको लागि फेमस छ । तपाईहरु मध्ये कतिपयलाई खीर खान मन त लागेको हुन्छ तर बनाउने तरिका थहाँ नभएको पनि हुन सक्छ ।

त्यासो त बजारमा खीर किनेर पनि खान सकिन्छ । त्यसरी किनेर खाएको खीर स्वास्थ्यकर नहुन पनि सक्छ । फेरी आफैले बनाएर खानुको स्वाद पनि बेग्लै नै हुने गर्छ ।

आउनुहोस् आज कुक जगदीश बस्नेतले तपाईलाई खीर कसरी बनाउने भन्ने बारेमा सिकाउने छन् । खीर बनाउनु भन्दा पहिले तपाईलाई केही सामान चाहिने भएकाले त्यो समामानको बारेमा लिष्ट तयार पार्नु होस् ।

कुक : जगदीश बस्नेत

के–के चाहिन्छ खिर बनाउन ?
– चामल (बासमती वा ताइचिन) : ५०० ग्राम
– दुध : ४ लिटर
– चिनी : ८० देखि १०० ग्राम वा स्वाद अनुसार
– काजु (टुक्रा पारिएको) : आफुलाई मन पर्ने जति
– नरिवल (टुक्रा पारिएका) : स्वाद अनुसार
– छोकडा (टुक्रा परिएको) : स्वाद अनुसार
– ल्वाङ, सुकुमेल, मरिच गरेर : १० देखि १५ ग्राम
– किसमिस : एक मुठ्ठि जति वा स्वाद अनुसार
– तेजपात : ४–५ पात

बनाउने तरिका
– चामललाई केलाएर सफा पारि पानीले राम्ररी पखाल्ने
– चुलोमा मध्यम तापको आगो बाल्ने ५ लिटर दुध अट्ने भाडोमा बसालने
– सानो आगो बनाएर दुधलाई चलाउदै चलाउदै राम्ररी तात्न दिने
– पखालेको चामललाई उम्लिएको दुधमा हाल्ने
– त्यसलाई सानो आगो बनाएर मजाले चलाउँदै लगभग ५० मिनेट पकाउने, जब सम्म चामल पुरै फुल्दैन तब सम्म पकाउने चलाउँदै
– चिनि, काजु, नरिवल, छोकडाको टुक्रा, किसमिस, (ल्वाङ, सुकुमेल, मचिच)को मसला हाल्ने
– त्यसपछि सानो आगोमा १२–१५ मिनट पकाउने
– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने
– आफुले खान सक्ने अबस्थाको तातो भएपछि खान थाल्ने