गृहपृष्ठ नेकपा एसका सबै बैठक स्थगित
नेकपा एसका सबै बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)ले यही साउन १६ गतेदेखि २१ गतेसम्म गर्ने भनेको पार्टीको केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक स्थगित गरेको छ ।
बैठकका लागि केही आवश्यक तयारी नपुगेकाले अनिश्चितकालका लागि स्थगित गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकको अर्को मिति केन्द्रीय सचिवालयको बैठकले तय गर्नेछ ।
यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरिएको थियो ।
प्रकाशित समय : ०८:२३ बजे


















